मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान

मङ्गलबार, १२ साउन २०८३, १९ : ३०
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए ।
  • सभापति थापाको प्रस्ताव कार्यान्वयन नहुँदै नेता श्रेष्ठको मङ्गलबार निधन भएको छ।
  • पेटको क्यान्सरपछि उपचाररत श्रेष्ठलाई सभापति थापाले अस्पताल पुगेर भेटेपछि वरिष्ठ नेताका रूपमा घोषणा गर्ने बताएका थिए ।

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत साता मात्र नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए । तर, सभापति थापाको प्रस्ताव कार्यान्वयन नहुँदै नेता श्रेष्ठको मङ्गलबार निधन भएको छ। 

पेटको क्यान्सरपछि उपचाररत श्रेष्ठलाई सभापति थापाले अस्पताल पुगेर भेटेपछि वरिष्ठ नेताका रूपमा घोषणा गर्ने बताएका थिए । 

गत साउन ७ गते ४४औँ बीपी स्मृति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। 

‘गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ, केही समयअघि हामीले पार्टीभित्र छलफल गरेका थियौँ, मैले गोपालमान दाइलाई अस्पतालमै गएर पनि भनेर आएको थिएँ’, सभापति थापाले भनेका थिए,‘केन्द्रीय समिति बैठकले उहाँलाई वरिष्ठ नेतामा मनोनीत गर्छ।’ 

कांग्रेसमा लामो समय योगदान गरेका श्रेष्ठ कांग्रेसको कार्यवाहक सभापति र मन्त्री समेत बनेका थिए । ८३ वर्षीय श्रेष्ठको बुधबार अन्त्येष्टि गरिने पार्टीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप