यो हो ‘संसारको सबैभन्दा धनी कमिला’, चोरेर ल्यायो हिरा (भिडियो)
युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ । न्यूयोर्क पोष्टले लेखेको छ, ‘कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।’
युट्युबमा राखिएको यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’
अर्का प्रयोगकर्ताले लेखे, ‘कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’
साथै, मनोज नारायण नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो एक तालिमप्राप्त कमिला हो । ’ जसवंत लेख्छन्, ‘करोडपती कमिला ।’ यस्तै अर्का व्यक्तिले लेखे, ‘संसारको सबैभन्दा धनी कमिला ।’ डेथमेस्टर टु नामका प्रयोगकर्ताले लेखे, ‘यो कमिलालाई किन त्यो हिरा चाहियो ? के यो हिराबाट बनेको थियो ?’
यस्तै, एक प्रयोगकर्ताले लेखे, ‘के कमिला पनि मानिस जस्तै मुर्ख हुन्छन् जसले हिरालाई बहुमुल्य वस्तुको रुपमा हेर्ने गर्छ ?’
त्जयगनजतऋय को एक रिपोर्ट अनुसार कमिला आफूभन्दा ५० गुणा भारी सामान उठाउन सक्छन् । लाइभ साइन्स वेबसाइटमाथि एक अमेरिकी युनिभर्सिटीका जानकारले पनि कमिलाले आफ्नो तौलभन्दा सय गुणा गह्रुँगो सामान उठाउन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण