हेर्नुहोस्, ८१ वर्षे वृद्धाले लुकिरहेको दुई अजिंगरलाई कसरी हातले निकालिन्
सर्प देख्दा डर लाग्छ ? धेरैको उत्तर आउन सक्छ, ‘पक्कै लाग्छ ।’
तर अष्ट्रेलियाकी ८१ वर्षे हजुरआमा फाय मोर्गनले आइतबार बिहान आफ्नो क्विन्सल्याण्डस्थित घरमा भएको बार्बक्यूमा लुकेको एउटा होइन, दुईवटा अजिंगरलाई हातले निकालेकी छिन् ।
अजिंगर देख्दा कसको मुटु र हात नकाँप्ला ? तर मोर्गनले भने निकै ‘कूल’ भएर दुईवटा अजिंगरलाई प्लाष्टिकको भाँडोमा राखेकी छिन् ।
कुरियर मेल डट कम डट एयुसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई त्यति डर लागेन । ती त्यति ठूला पनि थिएनन् तर बिरालो खानसक्ने आकारका भने थिए ।’
उनको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि उनलाई ‘सुपर नाना’ भनेर सम्बोधन गरिएको छ ।
यसबारे उनी भन्छिन्, ‘खासै भन्नुपर्दा यो कुनै ठूलो कुरा होइन । यद्यपी, मैले पहिलो पटक दुई अजिंगरलाई एकैपटक देखेको थिएँ त्यसकारण यी दुईलाई निकाल्नका लागि केही ट्रिक अपनाउनु पर्दथ्यो । हामीले त्यहाँ एउटा मात्र होला भन्ने सोचेका थियौं तर त्यसको मुनी अर्को पनि रहेछ ।’
सेभेन न्यूजका अनुसार मोर्गनले आफ्नो धेरैजसो समय खेतबारीमा बिताएका कारण अजिंगरसँग डर नलागेको हो । उनले त्यही ठाउँबाट १८ महिना अघि पनि एउटा अजिंगर निकालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण