२५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा जागिरबाट निकालिइन्, मुद्दा हालिन्
एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो ।
२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा सर्भ गर्दा ब्रा वा सर्टभित्र समिज लगाउनुपर्दथ्यो ।
ओसोयोस गोल्फ क्लबका जनरल म्यानेजर डोउ रोबले उक्त नयाँ नियम उनकै लागि बनाएको जानकारी दिए । अन्य सदस्यको वक्रदृष्टिबाट उनलाई बचाउनका लागि यस्तो नियम बनाइएको रोबले क्रिस्टिनालाई बताए ।
क्रिस्टिनाले सिबीसीलाई भनिन्, ‘गोल्फ क्लबमा रक्सी मिसिएपछि के हुन्छ ? त्यो मलाई राम्रोसँग थाहा छ ।’
पुरुषलाई पहिरनको मामलामा कुनै नियम लागु नहुने तर महिलालाई चाँहि किन यस्तो नियम भन्दै यसले आफ्नो मानव अधिकार उल्लंघन गरेको बताउँदै कानूनी कारवाही अगाडि बढाएको जानकारी दिइन् ।
‘यो नियम लिङ्गमा आधारित छ त्यसकारण मैले मानव अधिकारसँग जोडेर मुद्दा दर्ता गरेकी छु, ’ उनले भनिन् ।
‘मेरो निप्पल छ, त्यो त पुरुषको पनि छ । तर किन भेदभाव ?’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण