अदालतले सुनाएको ५० वर्षको जेल सजायँ कुकुरका कारण टर्यो
बीबीसी
अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुआ हार्नरलाई अदालतले बाल यौन शौषणको मामलामा दोषी ठहर गर्यो ।
तर एक कुकुरका कारण यो घटनामा नयाँ मोड आयो र हार्नर ५० वर्षको सजायँबाट मुक्त भए ।
यो सबै एक ल्याब्राडोर कुकुर ‘लुसी’ का कारण भएको थियो ।
४२ वर्षका हार्नरमाथि एक बालिकालाई यौन शोषण गरेको र प्रमाण मेटाउनका लागि लूसीलाई गोली हानिएको आरोप लागेको थियो ।
तर पछि लूसी आफ्ना नयाँ मालिकसँग भेटिएपछि हार्नर सजायँबाट बचेका हुन् ।
‘लूसी जीवित भेटिइन्’:
मूल केसको सुनुवाईको क्रममा पनि अदालतले सर्वसम्मत निर्णय दिएको थिएन । गैर नाफामुलक कानूनी संस्था आरेगन इनोसेन्स प्रोजेक्टले हार्नरको मुद्दाको समिक्षा गरिरहेको थियो जसमा विभिन्न त्रुटी पाइएका थिए ।
अप्रिलमा उक्त संस्थानले स्थानीय सरकारी वकिल जोन हमलसँग मिलेर मुद्दामाथि काम गरिरहेका थिए ।
प्रश्न यो पनि थियो कि लूसी आखिर कहाँ गइन् । हार्नरले लूसी जिउँदो भएको र उनले लूसीलाई मार्ने कोसिस नगरेको बताउँदै आएका थिए ।
हार्नरको यो दाबी पछि संस्थान र सरकारी वकिलका कार्यालयका अधिकारीले लूसीलाई खोज्न अत्यधिक प्रयास गरे ।
अन्ततः समूहले आरेगन कोस्टमा लूसी र उनका मालिकलाई खोजेरै छाडे ।
संस्थानका अधिकारी क्रिस्टनका अनुसार लूसीको पहिचान उनको बाहिरी आवरण र अन्य प्रमाणको आधारमा गरिएको थियो ।
लूसी भेटिएपछि बालिकाले गलत बयान दिएको प्रमाणित भएपछि हार्नरलाई रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण