पुनः विवाह हुँदैछ भन्ने महसुस गर्न ५० वर्षेले चोरे ७३ वटा ‘वेडिङ ड्रेस’
चीनका एक ५० वर्षे वृद्धलाई स्थानीय पसलबाट एक वर्षको अवधिमा ७३ वटा वेडिङ ड्रेस चोरेको आरोपमा साङ्घाई पुलिसले पक्राउ गरेको छ । यस्तो किन गरेको भनेर सोध्दा आफ्नो पुनः विवाह हुँदैछ भन्ने महसुस गर्नका लागि चोरी गरेको उनले बताए ।
गत अगस्ट २१ तारिखमा शहरको पुडोङ्ग न्यू एरियाको वेडिङ ड्रेस होलसेलरले साङ्घाई पुलिसलाई यसबारे जानकारी दिएको थियो । वाङ्ग थर भएकी एक महिलाले यो वर्षको सुरुवात देखि अहिलेसम्म आफ्नो घरबाट दर्जनौं लुगा हराएको बताइन् । प्रत्येक महिना एउटा वा दुईवटा ड्रेस हराउनु साधारण थिएन तर पछिल्लो ब्याचबाट एकैपटक आठवटा गाउन हराएपछि उनले यसबारे पुलिसमा ऊजुरी दिने सोच बनाइन् ।
वाङ्गले आफ्नो धेरैजसो पहिरन बार्दलीमा झुण्ड्याउने गर्थिन् र त्यहाँबाट नै ती हराउने गरेको उनले ठम्याइन् । सेक्युरिटी क्यामरा फुटेजमा देखिए अनुसार ती व्यक्तिले वाङ्गको बार्दलीमा राखिएको पहिरन आफूतर्फ तान्नका लागि एउटा लामो लट्ठीको प्रयोग गर्छन् । ती व्यक्तिको पहिचान गरेपछि उनलाई ताङ्जेन गाउँमा रहेको उनको घरमा ट्र्याक गरियो जहाँ आठ हजार सात सय ४० डलर पर्ने ७३ वटा वेडिङ ड्रेस भेटियो ।
उनको घरमा खोजतलास गरेपछि पुलिसले ती आठवटा ड्रेस पनि भेटे जुन वाङ्गले पछिल्लो ब्याचबाट हराइरहेको बताएकी थिइन् । गु थर भएका ती व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण