मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

यशोदा फुड्सको ‘डबल धमाका बम्पर उपहार’, प्रदिप भट्टराईले जिते सेलेरियो भीएक्सआई कार

सोमबार, ०८ असोज २०७५, १८ : ५७
सोमबार, ०८ असोज २०७५

काठमाडौं । तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले आफ्नो ‘डबल धमाका बम्पर उपहार’ योजना अन्तर्गत प्रथम पुरस्कार विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

भाग्यशाली विजेता प्रदिप भट्टराईलाई प्रथम पुरस्कार स्वरुप सेलेरियो भीएक्सआई कार हस्तान्तरण गरी नगर परिक्रमा पनि गराइएको थियो ।  यशोदा फुड्सको ‘डबल धमाका बम्पर उपहार’ योजना अन्तर्गत कम्पनीले विक्रेताहरुलाई प्रत्येक ५० कार्टुन चाउचाउको खरिदमा १ थान लक्की ड्र कुपन प्रदान गरेको थियो ।

सो कुपनहरु मार्फत विभिन्न उपहारहरु प्रदान गरेको थियो । यसअघि कम्पनीद्वारा काठमाडौंमा “सम्बन्धहरुको रौनक” नामक एक भव्य डिलर मिट कार्यक्रम आयोजना गरी सो उपहार विजेताहरुको नाम घोषणा गरिएको थियो जहाँ सम्पूर्ण अधिकृत विक्रेताहरुको सहभागिता रहेको थियो । 

यस योजना अन्तर्गत कम्पनीले १ सय १ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई प्रति व्यक्ति १० ग्राम सुन, ३ जनालाई प्रति व्यक्ति २० ग्राम सुन, १ थान महिन्द्रा गस्टो स्कुटर, १ थान बजाज एभेन्जर मोटरसाइकल र बम्पर धमाकामा मारुती सेलेरियो गाडी १ जना भाग्यशाली विक्रेतालाई लक्की ड्र मार्फत प्रदान गरेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप