विधान मस्यौदालाई अन्तिम रुप दिन काँग्रेस बैठक बस्दै
काठमाडौँ । काँग्रेसको विधान मस्यौदा समितिको बैठक आज बस्ने भएको छ । विधान तयार गर्न सातै प्रदेशमा छलफलपछि बुधबार विधान मस्यौदा समतिको बैठक बस्न लागेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार सवैतिरबाट लिइएका सुझावलाई समेट्दै विधान मस्यौदामा समेटेर अन्तिम रुप दिनका लागि मस्यौदा समितिको बैठक बोलाइएको हो ।
बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्नेछ । सातै प्रदेशमा सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने बा स्थानीय तह देखिनै सामुहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने दुई विषयमा दुई थरी सुझाव आएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिलाई अधिकार सम्पन्न बनाउने गरि प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउनुपर्ने सुझाव दिएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सभापतिलाई वढी अधिकार दिन नहुने बताउँदै आएका छन् ।
यसैगरी पार्टीमा योगदान गरेकालाई निर्वाचनमा मताधिकार र उम्मेदवार समेतको अधिकार दिनेगरि सुपर डेलिगेट्सको अवधारणामा जानुपर्ने समेत आवाज उठेको नेताहरुले बताएका छन् ।
मंसिरमा बोलाइएको महासमिति वैठकअघि विधान संशोधनको तयारी गरेको काँग्रेसले त्यसको प्रारम्भिक मस्यौदाबारे प्रादेशिक तहमा भएको छलफलमा जिल्ला सभापति, महासभिति सदस्य, क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधी, राष्ट्रिय, प्रतिनीधि तथा पदेशसभा सांसदले सहभागिता जनएका थिए ।
विधानको प्रारम्भिक मस्यौदामा ८ तहको संरचना निर्माण हुने उल्लेख छ ।
प्रारम्भिक काँग्रेसको केन्द्रीय समितिको आकार १ सय ३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण