१० वर्षे छोरालाई ट्याटु खोपाएपछि.... (भिडियोसहित)
अमेरिकाको ओहियोकी एक आमाले आफ्नो १० वर्षे छोरालाई १६ वर्षका लाइसेन्स नभएका आर्टिस्टमार्फत ट्याटु खोपाएपछि पक्राउ परेकी छिन् । छोराले यसका लागि बारम्बार जिद्दी गरेको र यसबाट आजित भएर ट्याटु बनाइदिएको उनले बताइन् ।
३४ वर्षे निक्की डिकिन्शनलाई गत हप्ता बेलेफोन्टाइन, ओहियोमा पक्राउ गरिएको हो । छोराको पाखुरामा ट्याटु बनाउँदै गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेकी हुन् ।
डिकिन्शनले नै ट्याटु बनाइरहेको फुटेज खिचेकाले उनी भिडियोमा भने देखिएकी छैनन् तर आफ्नो सानो छोरालाई यस्तो गर्न अनुमती दिएको उनले स्विकारिन् । छोराले आफ्नो नामको पहिलो अक्षरको ट्याटु बनाउन बारम्बार जिद्दी गरेपछि आफू यस्तो गर्न बाध्य भएको उनले जानकारी दिइन् ।
डिकिन्शनले आफ्नो घरमा बिना लाइसेन्सका किशोर आर्टिस्टमार्फत छोराको ट्याटु खोपाएका कारण उनलाई ६ महिनाको जेल सजायँ तोकिने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण