नारायणहिटी दरबारमा प्रधानमन्त्री : श्रीपेच प्रदर्शनीको उद्घाटन
काठमाडौँ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् ।
सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिएका छन् ।
पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ ।

केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।
सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।
गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि पूर्व राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड आफैले लैजान खोजेका थिए। तर तत्कालीन सरकारले उनलाई त्यसो गर्ने अनुमति दिएन।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण