दुई सय ३५ रुपैयाँको सेकेन्ड ह्यान्ड सामान खरिद गरे, भेटे २१ लाखको हिरा
डेली मेल
अष्ट्रेलियाका एक जोडीले केही समय अघि दुई डलर (दुई सय ३५ रुपैयाँ) पर्ने सेकेन्ड ह्यान्ड बोर्ड गेम खरिद गरेका थिए । तर उक्त बोर्ड गेम खोलेर हेर्दा त्यहाँ करिब २१ लाख मूल्य बराबरको हिराको औंठीहरु भेटे ।
२७ वर्षे क्रिस लाइटफुट आफ्नी प्रेमिका म्यान्डि फ्ल्याकसँग यस वर्ष सिड्नीबाट क्यानडाको टोरोन्टोमा बसाइँ सरेका यो जोडीले उक्त हिराको औंठी भेटेका हुन् ।
यद्यपी, उनीहरुले उक्त औंठी मालिकलाई फिर्ता दिने सोच बनाएर उक्त घटना अनलाइनमार्फत सार्वजनिक गरे ।
यो जोडीले उक्त माइन्ड ट्र्याप बोर्ड गेम बिदा मनाउन जाँदा प्रिन्स एड्वार्ड आइल्याण्डमा खरिद गरेका थिए । घटना अनलाइनमा भाइरल भएपछि बोर्ड गेमका मालिकले जोडीलाई सम्पर्क गरेका छन् ।
‘हामीलाई वास्तविक मालिकले सम्पर्क गरेका छन् । त्यसकारण हामी यी औंठी उहाँहरुलाई फिर्ता दिँदैछौं,’ लाइटफुटले न्यूज डट कम डट एयुलाई बताए ।
उनीहरुले बोर्ड जहाँ खरिद गरे, ती मालिक त्यही आइल्याण्डमा बस्ने उनले जानकारी दिए ।
आफ्नो परिवार घरमा आउँदा उनीहरुसँगै खेल खेल्नका लागि यो जोडीले बोर्ड गेम खेल्ने योजनासहित खरिद गरेको उनले बताए ।
‘एक दिन मेरा अभिभावक हामीलाई भेट्न आउनुभयो त्यसकारण बाहिर गएर रक्सी पिउने अवस्था नभएकाले घरमै बसेर बोर्ड गेम खेल्ने निर्णय गर्यौं,’ लाइटफुटले सेभेन न्यूजलाई भने ।
‘एकछिन खेलेपछि आमा कार्ड थन्काउन थाल्नुभयो र त्यो आफ्नो ठाउँमा नअटेको गुनासो गर्न थाल्नुभयो,’ लाइटफुटले भने ।
‘तल माथि पल्टाएर हेरेपछि उहाँले एकपछि अर्को गर्दै ६ वटा हिराको औंठी निकाल्नुभयो ।’
‘ती ६ वटा हिराको मूल्य १८ हजार डलर हो । सुरुमा हिराको मालिक को हो भन्ने थाहा नभएर हामीले यसको मूल्यबारे जानकारी लिएका हौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण