एक वर्षमा पुलिसलाई ४५ हजार पटक फोन गरेपछि....
अडिटी सेन्ट्रल
टर्कीका ५५ वर्षे एक व्यक्तिलाई ‘सार्वजनिक अधिकारीलाई आफ्नो कर्तव्य पूरा गर्न अवरोध पुर्याएको’ भन्दै पाँच वर्षको जेल सजायँ तोकिएको छ । उनको गल्ती हो – पुलिसलाई ४५ हजार दुई सय १० पटक फोन गर्नु, त्यो पनि एक वर्षमा ।
इस्तानबुलको बेराम्पासा जिल्लाका सम्बन्धविच्छेद भएका सेरेफ कानले सन् २०१७ को मे १५ देखि सन् २०१८ को मे १५ सम्म पुलिस लाइनमा एक दिनमा लगभग सयपटक फोन गरे तर कहिले पनि उजुरी र पुलिस सहायताको माग गरेनन् । उनी प्रत्येक पल्ट फोन उठाउने पुलिससँग गफिन चाहे । एउटा बिन्दुमा पुगेपछि पुलिस कर्मचारी कानको अचम्मको बानीले यति इरिटेट भइसकेका थिए कि उनीहरुले इस्तानबुल पुलिस कम्युनिकेशन र इलेक्ट्रोनिक डिपार्टमेन्टमा मुद्दा नै दर्ता गरे । अनुसन्धानमा कानले ११५ इमर्जेन्सी नम्बरमा कूल ४५ हजार दुई सय १० पटक फोन गरेको पत्ता लाग्यो ।
कानले एक वक्तव्य जारी गर्दै पुलिससँग माफी मागिसकेका छन् । उनले आफू एक्लै भएकाले पुलिसलाई फोन गरेको बताएका छन् ।
उनले भने, ‘मेरो दुई वर्ष अघि श्रीमतीसँग सम्बन्धविच्छेद भयो । त्यसपछि मलाई रक्सी पिउने बानी बस्यो । म एक्लो महसुस गरिरहेको थिएँ र डिप्रेशनमा थिएँ त्यसकारण मैले इमर्जेन्सी लाइनमा फोन गर्न सुरु गरें । म आफ्नो कार्यका लागि लज्जित छु र यो पुनः नदोहोराउने प्रण गर्दछु,’ सेरेफ कानले आफ्नो वक्तव्यमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण