पूरा किताब पढ्नुअघि नै साथीले त्यसको अन्त्य बताइदिन्थे, सहन नसकेर वैज्ञानिकले हाने चक्कु
अन्टार्कटिकामा अनुसन्धान गरिरहेका एक वैज्ञानिकमाथि आफ्नो साथीको हत्या प्रयासको आरोप लागेको छ । ती वैज्ञानिकले आफ्नै साथीको हत्या प्रयास गर्नुको कारण भने निकै रोचक छ ।
रुसी मिडिया रिपोर्टका अनुसार ५५ वर्षे वैज्ञानिक इन्जिनियर सर्गेई सेवित्स्की र ५२ वर्षे ओलेग बेलोगुजोभ अन्टार्कटिकको दूर दराजस्थित किंग जर्ज द्वीपमा अनुसन्धानका लागि गत चार वर्षदेखि बसिरहेका थिए । मनोरञ्जनका केही साधन नभएकाले सर्गेईलाई टिभी हेर्ने वा गेम खेल्नुको साटो किताब पढ्न मन पर्दथ्यो ।
सर्गेईसँग लामो समयदेखि काम गरिरहेका ओलेगले उनलाई जिस्काउनका लागि ती किताबको अन्त्यबारे खुलासा गरिदिन्थे जुन सर्गेई कि त पढिरहेका हुन्थे कि पढ्ने तयारीमा हुन्थे ।

हमलाकर्ता सर्गेई सेवित्स्की
किताबको अन्त्यको खुलासा गरेपछि रिसाएका सर्गेइले दुई हप्ता अघि रिसर्च स्टेशनको क्यान्टिनमा ओलेगाथि चक्कु हमला गरे । सर्गेइले साथीको छातीमा हमला गरे । उनको स्थिती गम्भीर छ ।
रुसी अनुसन्धानकर्ताले घटनापछि सर्गेईलाई पक्राउ गरेको छ । अन्टार्कटिकमा हत्याको कोशिशको यो पहिलो घटना हो ।
रुसको यो रिसर्च स्टेशन सन् १९६८ मा बनाइएको थियो । मस्कोमा यो रिसर्च स्टेशनको दुरी लगभग १५ हजार किलोमिटर छ । उक्त इलाकाको तापक्रम –५ डिग्री हुने भएकाले यहाँ अहिलेसम्म बस्ती बसेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण