मालिकको मृत्यु भएकै अति व्यस्त सडकमा विगत ८० दिनदेखि एउटा कुकुर कुरिरहेछ (भिडियोसहित)
बीबीसी
एउटा कुकुरले विगत ८० दिनदेखि आफ्ना मालिकलाई निकै व्यस्त सडकमा कुरिरहेको छ जहाँ उनको मृत्यु भएको थियो ।
भित्री मंगोलियाको होहोट नामको सडकको बीचमा यताउती हेरेर बसिरहेको कुकुरको भिडियोलाई १४ लाख पटक हेरिसकिएको छ । उक्त भिडियो माइक्रोब्लग सिना वेइबोमा पोष्ट गरिएको छ ।
चीनको पियर भिडियो वेबसाइटका अनुसार गत अगस्त २१ तारिखमा मालिकको मृत्यु भएको दिनदेखि उक्त कुकुरलाई प्रत्येक दिन त्यहि ठाउँमा देखिएको छ ।
एक ट्याक्सी ड्राइभरका अनुसार मानिसहरुले सहयोग गर्न खोदा उक्त कुकुर भागिहाल्छ ।
‘हामी ड्राइभरहरुले उसलाई थोरै खानेकुरा दिन्छौं तर बाहिर निस्कने बित्तिक्कै ऊ भागिहाल्छ,’ उनले भने ।
‘कुकुरको आफ्नो मालिकसँग निकै गहिरो सम्बन्ध थियो । ती महिलाको मृत्यु भएदेखिको यो कुकुर यहिँ बसिराख्छ,’ उनले थपे ।
‘म सधैं उसलाई यहीँ देख्छु । मानिस र कुकुरको सम्बन्ध निकै गहिरो हुन्छ ।
कुकुरको उक्त भिडियो नोभेम्बर १० तारिखमा सिना वेइबोमा सेयर गरिएको थियो । उक्त भिडियोमा मानिसहरुले कुकुरको इमान्दारिताबारे चर्चा गरिरहेका छन् ।
एक व्यक्तिले भने, ‘यो सानो कुकुर निकै इमान्दार छ । मैले पनि कुकुर पालेको थिएँ र उसले प्रत्येक दिन मलाई गाउँको स्कूलमा पर्खिरहेको हुन्थ्यो ।’
अर्का व्यक्ति कुकुरको सुरक्षाका लागि चिन्तित छन् ।
‘व्यस्त सडकको बीचमा कुकुर बसिराख्नु निकै खतरनाक हो । कोही राम्रा व्यक्तिले कुकुरलाई आफ्नो घरमा लगेर उचित सुरक्षा दिनेमा म आशावादी छु,’ एक व्यक्तिले भने ।
यद्यपी, चीनियाँ सोसल मिडियामा यस्ता इमान्दार कुकुरको चर्चा भएको यो पहिलो घटना भने होइन ।

जियोङजियोङ
यो वर्षको सुरुमा जियोङजियोङ नामको एक वृद्ध कुकुरले आफ्नो मालिकलाई कामबाट फर्कने आशासहित ट्रेन स्टेशनबाहिर कुरिरहेको भिडियोले थुप्रै पियर भिडियो प्रयोगकर्तालाई भावुक बनाएको थियो ।

टोकियोको सिबुया रेलवे स्टेशनबाहिर बनाइएको हाचिकोको सालिक
सन् १९२० मा जापानको हाचिको द आकिता आफ्नो मालिकलाई दैनिक रेलवे स्टेशनमा भेट्न जाने भएकाले मानिसहरुमाझ चर्चित थियो । हाचिकोले आफ्नो यात्रालाई मालिकको मृत्यु भएको ९ वर्षसम्म आफ्नो अन्तिम अवस्थासम्म निरन्तरता दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण