मेरो सहर
शनिबार, ०१ मङ्सिर २०७५, ११ : ३४
कृष्णमणि पराजुली
ऊ त्यो तिम्रो सहर हो
यो मेरो सहर हो
आखिर तिम्रो पनि त सहरै हो
मेरो पनि त सहरै हो
त्यसैले
के फरक भयो तिम्रो सहर
र, मेरो सहरमा ।
मेरो सहरले सधैं मुस्कान छरिरहेको हुन्छ
तर तिम्रो सहरलेत केही दिन जानेकै छैन
केवल लिन मात्र जानेको
त्यसैले
फरक यति मात्र हो ।
तिम्रो सहरका मान्छको त
यति ठूलो खान्की छकि
जति खाए पनि भरिँदै नभरिने
तर मेरो सहरका मान्छे त
कति चुस्त र फुर्तिला छन्
किनकि उनीहरूको पेट त
आफ्नै पसिनाले पनि
भरिएको हुन्छ ।
त्यसैले यही फरक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण