प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्
दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ ।
नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी हुन् ।
पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् ।
हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान थालिएको हो ।
ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो ।
मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो ।
द नेशनलका अनुसार डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्रा गरिएको हो ।
पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन् ।
प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् ।
पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण