सिरहा बस दुर्घटना : १ जनाको मत्यु ४५ जना घाइते (अपडेट)
सिरहा– सिरहा सिरहा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा विहिवार बेलुका टिपर र बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने करिब ४ दर्जन यात्री घाइते भएका छन् । मृतक सर्लाही हरिपुरका अन्दाजी ४५/५० वर्षीय जगदिश ठाकुर रहेको प्रहरी जनाएको छ ।
पश्चिमबाट पूर्व आइरहेको ना ४ ख ४८२५ र पूर्वबाट पश्चिम गइरहेको ना.५ ख ३९४० नम्वरको टिपर ठोक्किएर बस सडकभन्दा करिव ५० मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेको उपचार गराउन लाग्नेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रवक्ता डिएसपी माधवराज खरेलले जनाएका छन् ।
घाइतेहरुको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका बसका सबै यात्रीलाई उद्धार गरी अहिले अस्पताल पुर्याइएको छ । घाइतेहरुको अवस्थाबारे अहिलेनै भन्न नसकिने प्रहरीले जनाए ।
प्रवक्ता खरेलले भने, ‘अहिले हामीले सवैलाई अस्पताल पुर्याएका छौं, को कुन प्रकारका् घाइते हो भन्न सकिने अवस्था छैन, घाइतेमध्ये ७ जना जतिको अवस्था गम्भिर रहेको देखिएपनि यसैभन्न सकिन्न ।’ घटनाबारे विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बस सर्लाहीबाट सुनसरीको मरेवाघाट तिर्थयात्राको लागि हिडेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण