कविता : नयनाभिराम धैर्य
– इन्द्रकुमार श्रेष्ठ सरित
प्रत्येक रातले दिन पर्खी बसेको हुन्छ
तर भन्न सकिन्न
यो पर्खाइ कति लामो हुन्छ
कति पल, कति घडा
कति दिन, कति रात
भन्न सकिन्न यो पर्खाइ
कति जुगको हुन्छ
तैपनि धारामा थापेर थुन्से
प्रत्येक बिहानीलाई पर्खिनु छ
बितोस जति बिहानी बिते पनि
बितोस जति युग नै बित्छ भने पनि
आशाको थुन्से समाउन
थुन्सेसँगै गाग्री राख्न
किन छाड्थ्यो र मनले
आशाले कति कति दिन्छ निराशा
माघकै पाहारिलो घाम छेकिदिन्छ
निर्दयी बादलुले
तैपनि मन आशालु न हो
बलैले चिसो सिरेटो सहेर बस्छ
बादललाई च्यातचुत पारेर घाम
फेरि कसो देखा नपर्ला ?
आशा चारैतिर गुन्जिन्छ आशा नै आशा
ध्वनि हो कि यो प्रतिध्वनि
तैपनि लाग्छ–
मुर्चुङ्गा र खैंजडीसँगै सहनई बजिरहेछ
वनमा कतै प्वाँख फिँजाएर मयूर छमछमी नाचिरहेछ
आम्मै ! कति जब्बर छ यो रातको कालो दाग
हट्न मान्दैन, पटक्कै घोटिँदैन
तर धैर्यको अघिल्तिर
अधैर्य कहाँ र कहिले टिकेको छ र !
आशा छ, आशाले विश्वासको
गुराँस सिउरेर एक दिन भन्नेछ–
ए श्रुतिमधूर आशा ! ए नयनाभिराम धैर्य !
लु म आएँ, अब आइ नै सकेँ है
अब मलाई न्यानो अँगालोमा बाँध
चुँडाएर स्नेहको बन्धन
म कतै जान लागे पनि
विश्वासको हर्पेमा मलाई बन्द गरेर राख ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण