डा केसीले गरे फेरि अनसन बस्ने घोषणा, यस्ता छन् केसीका तीन माग
काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । आफ्ना तीन बुँदे माग अघि सार्दै डा केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने र सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमा डा केसीले जनता मुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बर सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला भ्रष्ट र माफियाहरुका स्वार्थका कारण जारी हुन नसकेको गुनासो गरे ।
आफ्नो साउनको सत्याग्रहका क्रममा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनुपर्ने विषय उल्लेख भएको भएपनि मेडिकल माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए ।
केसीले शिक्षामन्त्री गिरीराज मन्त्रीसमेत माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा आयोगको मातहतबाट मेडिकल शिक्षाको स्नातक तह मुनीको महत्वपूर्ण हिस्सा निकाल्नुपर्ने भनेर नाजायज लबिङमा लागिरहेको आरोप समेत लगाए ।
‘मन्त्रीसमेत माफिया र पार्टीको गुटको स्वार्थमका लागि नाजायज काममा संलग्न हुने हो भने पदमा रहिरहन उनी नैतिक रुपले अयोग्य छन्’, पत्रकार सम्मेलनमा केसीले भने ।
मन्त्रीको हर्कतले माफियाहरुको स्वार्थ पूर्ति गर्न, तीनसित लेनदेन र आफैलाई धनी बनाउन पदमा गएका हुन् कि भन्ने आशंका उत्पन्न भएको केसीकाे भनाई थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण