नगरपालिका कार्यालयमै वडाअध्यक्षले गरे प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर– ५ का वडाअध्यक्षले नगरपालिकाको कार्यालयमा नै प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार गरेका छन ।
वडा नम्बर ५ का अध्यक्ष जयन्द्र खड्काले आफूले भनेजस्तो नभएपछि टेबुल ठटाउने, भित्तामा हान्ने, ढोकामा हान्ने जस्तो क्रियाकलाप गरेका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईंटेलले रातोपाटीलाई बताए ।
वडाअध्यक्ष खड्काले आफ्नो कार्यकक्षमा नै आएर अभद्र व्यवहार गरेपछि आफू त्यहाँबाट निस्केको उनको भनाई छ ।
खास के भएको आज ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘जयन्द्रजी माटो सम्बन्धी कुरा गर्न आउनुभएको थियो, तर मैले नगर कार्यपालिकाको निर्णय बिना सिफारिस गर्न मिल्दैन भनेपछि उहाँले त्यस्तो व्यवहार देखाउनुभयो ।’
त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको समेत उनले बताए । खड्का स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधी हुन् ।
यस बिषयमा वडाअध्यक्ष खड्कासँग बुझ्न खोज्दा उनले फोन रिसिभ गरेनन् । हामीले उनलाई पटक–पटक फोन गर्नुका साथै वास्तविकता बुझ्न एसएमएस समेत गरेका थियौं ।
उता नगरप्रमुख सोमप्रसाद मिश्रले आफू चार नगरपालिकाको बैठकका लागि नगरकोटमा भएकाले घटनाबारे अनविज्ञ रहेको जानकारी दिएका छन् ।
यता नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरुले विज्ञप्ती निकालेर नै वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।
उनीहरुले नीति, कानुन, नियम र कार्यविधी विपरित काम गर्न दबावको फलस्वरुप यो घटना घटेकोले यस्ता गतिविधीले संघीयता कार्यान्वयनमा समेत चुनौती थपिने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण