पहिचान जोगाउन कीर्तिपुरको ‘लायकु’ दरवार क्षेत्रका घरमा एउटै रङ (फोटोफिचर )
काठामाडौं– कीर्तिपूर नगरपालिका वडा नम्बर १ मा रहेको प्राचीनकालीन मल्ल राजाहरुको दरवार (लायकु दरवार क्षेत्र) को पहिचान नमेटियोस् भनेर स्थानीयले दरवार आसपासका घरमा एकै किसिमका रङ लगाएका छन् ।
दरवार आसपासका करिव २० घरमा एकै किसिमको रातो रङ लगाइएको कीर्तिपुर नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष हर्ष मर्हजनले जानकारी दिए ।
‘पुरातत्वको हिसावमा दरवार क्षेत्र मासिँदै गएकाले यसको पहिचान जोगाउन सहयोग पुगोस् भनेर यस क्षेत्रका घरमा एकै किसिमको रङ लगाइएको हो’ वडाअध्यक्ष महर्जनले रातोपाटीलाई बताए । उनका अनुसार करिव २३ वटा घरमा एकै किसिमको रङ लगाइएको छ ।
कीर्तिपुर नगरपालिकाको अगुवाईमा रङ लगाउन स्थानीयले पनि सहयोग गरेको बताएका छन् ।
मल्लकालमा सो क्षेत्रमा मल्ल राजाहरुको दरवार रहेको थियो । पछि १८२६ सालमा पृथ्वीनारायण शाहले जितेपछि उक्त दरवार भग्नावशेसका रुपमा रहँदै आएको थियो ।
पञ्चायतकालमा दरवार क्षेत्र अतिक्रमण गर्दै धेरै नीजि घर बनेका छन् । जहाँ अहिले दरवारको अवशेषका रुपमा एउटा डवली र मन्दिर रहेको छ ।
यस्ताे थियाे पुरानाे दरबार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण