मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार, ३० असार २०८३, १४ : ५५
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मङ्गलबार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
- बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ ।
- संसद्को बजेट अधिवेशन अन्त्य गर्नेबारे पनि निर्णय हुन सक्ने बताइएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले मङ्गलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आजको बैठकमा सरकारका नियमित कामकारबाही र संसद्को बजेट अधिवेशन अन्त्य गर्नेबारे छलफल र निर्णय गर्न सक्ने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण