कविता : नेतामै सीमित नेता
राकेश कार्की
कोही नेता मारिए, मरे
कोही नेता जीवित भए
कोही नेता गए, सिद्धिए
कोही परिपूर्ण निर्मित भए
कोही नेता श्री ३ श्री ५
हजुर बक्सियोस् ख्वामित भए
तर दुःख के लाग्छ भने
कोही नेता नेतामै सीमित भए
मौका र पद पाउने नेता
‘गाउँले’ छोडे ‘शहरे’ भए
उजाडिएका पाखा लागेका नेता
ख्याप्प सुकेर खहरे भए
कोही नेता पैदलबाट सोझै
करोड करोडमा चढ्ने भए
कोही नेता असिना पसिना भई
खाली पैतालामै अड्ने भए
अरूले बालिदिएकै उज्यालोमा
कोही नेताले जुँगामा ताउ लगाए
देशको हितमा खबरदारी गर्दै
कोही नेताले आफ्नै ज्यान दाउ लगाए
सँगसँगै आन्दोलन गरेको सम्झेर
कोही नेताले छातीमा घाउ लगाए
भुँडी बडाउने पहिरन सजाउनेले
तिनलाई धाउन लाएर झ्याउ लगाए
कोही नेताको बाङ्गोटिङ्गो प्रगति देखेर
कोही नेता आश्चर्य चकित भए
जनताका लागि केही गरौँ भन्ने नेता
केही सीप नलागी थकित भए
कोही नेता धन धान्य, गण्यमान्य
पदै पदले अलङ्कृत भए
तर दुःख के लाग्छ भने
कोही नेता नेतामै सीमित भए ।
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण