कविता : व्यापार
शनिबार, २९ मङ्सिर २०७५, ११ : १६
पिपला ढुङ्गाना
नौलो होइन चाहाना बिक्नु यो सहरमा जवानी बिक्छ
इमान जमान बिर्सिएर बसिदिने जमानी बिक्छ
उनको कुराको गरेकै हुँ विरोध पाखुरा सुर्केरै ऊ बेला
भन्न त भन्थे बाले कुवेर मात्रामै बेइमानी बिक्छ ।
आर्यघाट बिक्छ मोलमोलाइमा अन्तिम सत्य चिहानको के कुरा ?
रूप बिक्छ बिक्छ रुपैयाँ मिल्दासम्म जहाँ नि बिक्छ ।
भो नगरौँ प्रेमको कुरा जात आफल्नु गहतको झोलमा
भन्थे दाजुले डाक्टरको बस्तीमा जाँदै नजानु परानी बिक्छ
खरिद बिक्रीमै व्यस्त छ जमात गाएर भजन राष्ट्रियताको
पत्याउन्नथेँ म मन्दिरमा मेरो पराइ देशको खरानी बिक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण