तुलसी गिरी अब सम्झनामा मात्रै, श्रद्धाञ्जली दिन को–को पुगे ? (फोटोफिचर)
काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको भोलि (बुधबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
बुधबार दिउँसोे ३ बजे पशुपतिको विद्युतीय शवदाह गृहमा गिरीको अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएका छन् ।
स्वर्गीय गिरीको शव बाकसमा राखेर इसाई धर्मावलम्बीहरूको जस्तै वरिपरि सेतो फूल राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी लगायत पार्टीका नेता कार्यकर्ता मङ्गलबार बुढानिलकण्ठ पुगेका छन् ।
मंगलबार बिहान बुढानिलकण्ठ स्थित आफ्नै निवासमा डा. गिरीको निधन भएको थियो । डा. गिरीको अन्तिम संस्कारमा राजकीय सम्मान दिइने वा नदिइने कुराको टुंगो लागेको छैन ।
डा.गिरीले जीवित छँदै आफ्नो अन्तिम संस्कार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गर्नु भन्ने लिखित रुपमै दिएको उनकी धर्मपत्नी सराह योञ्जन गिरीले बताएकी छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण