कविता : निर्मला
चित्र खाकी
आऊ डोस्ट (दोस्त)
तिमी र म, एक छिन
बात मारम्
एकातिर
ठण्डी मासको सर्दीले
अर्कोतिर
ठालु सापको बर्दीले
दिनदहाडै च्यालेन्ज गर्यो
बात बहुतै चेन्ज मार्यो
खैर
अरू त हामी गर्न नै के सछौँ ?
त्यसैले
आऊ डोस्ट तिमी र म बात मारौँ
एक–एक पेग लगाऔँ
चिसो ज्यानलाई गरम बनाऔँ
तिमी तिम्रो रिस पोख
म आफ्नो भडास निकाल्छु
भरे फेसबुकका भित्ताभरी रोस –भडासले
छ्यापछ्याप्ती पोतौँ
ह्या ! छोड्देऊ डोस्ट
बरू
अझ एक एक हात हानौँ
आऊ डोस्ट
तिमी र म, एक छिन बात मारौँ
छोड्देऊ दोस्त
त्यस्ता कुरा
बलात्कार भो त, के भो ?
पोर्न ब्यान गरिसक्यो त ।
हत्या नै भो त, के भो ?
२, ४ थान दोषी देखाइसक्यो त ।
अब
अपराधीको लाइनै लगाउँदा नि सुख छैन
मान्छेले फिटिक्क पत्या हैन
दोस्त
तिमी कुरा बुझ्दैनौ के
तिमीलाई एउटा सुझाव छ
मार्केटमा आजकल अपराधीको अभाव छ
गुण्डा जति नेता भए
नेता जति गुलाम
गुण्डा, तस्कर, दलाललाई
गर्छन् तिनी सलाम
उनका पनि त होलान धेरै थोरै अफठ्यारा
कहाँ ‘बाट भेट्नु भाडाको बलात्कारी, त्यसमाथि हत्यारा
त्यसैले दोस्त
बरू हिमाली बुटी लौ केलाऊँ
धेरै कुरा मनमा नखेलाऊँ
एक एक पप लगाम
अनि
बिर्सिदिऔँ पिल्सिएका सुकुमार अस्मिता
बिर्सिदिऔँ कुल्चिएका मन्दमन्द स्मित
बिर्सिदिऔँ आमाको चर्चराउँदो रोदन
बिर्सिदिऔँ बाबुको बेहोसी पागलपन
बरू
भोलि एक एक थान टिसर्ट किन्दिउँला
माइतीघर नि गइदिउँला
मण्डलामा बसेर धारे हात नि लाइदिउँला
अनि
टक्क सेल्फी हानेर फेसबुकमा नि हाल्दिउँला
किनकि
अरू केही गर्ने हाम्रो हाल छैन
अनि
सरकारलाई कोही कसैको बाल छैन
खैर
अरू त हामी गर्न नै के सक्छौँ ?
आऊ डोस्ट
अझ एक एक पप लगाम
तिमी र म, एक छिन बात मारम ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण