त्रिविको कार्यशैलीसँग असन्तुष्ट छन् स्वर्ण पदक विजेता
काठमाडौँ– हरेक वर्ष त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये प्रत्येक सङ्कायका उत्कृष्ट हुने विद्यार्थीलाई दीक्षान्त पदक तथा पुरस्कार वितरण गर्दै आएको छ ।
यस वर्ष पनि ४५औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका विद्यार्थीहरू दीक्षान्त पदक तथा पुरस्कार थाप्दैछन् । २०७१, ०७२ र ०७३ मा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उत्तीर्ण भई विभिन्न पदक पाएका विद्यार्थीलाई यही पुस १६ गते त्रिविले ४५औँ दीक्षन्त समाहारोमा दीक्षान्त पदक वितरण गर्न लागेको छ ।
त्रिविबाट २०७३ सालमा मानविकी सङ्काय अन्तर्गत राजनीतिकशास्त्रबाट लम्जुङका निर्देश सिलवालले स्वर्ण पदक पाएका छन् ।
स्वर्ण पदक पाउँदा पनि उनमा खुसी छैन । सिलवाल २०७३ सालमा पास आउट भइसकेका विद्यार्थी हुन् । त्रिविको व्यवस्थापकीय कमजोरीले प्रमाणपत्र पाएको २ वर्षपछि मात्र आफ्नो पढाइको मूल्याङ्कन भएकोप्रति उनको गुनासो छ । प्रमाणपत्र र पदक सँगसँगै दिएको भए सुनमा सुगन्ध हुने थियो । विद्यार्थी पास आउट भएर कहाँकहाँ पुगिसकेको अवस्थामा पदक लिन बोलाएकाले आफूमा उत्साह नरहेको उनी बताउँछन् । अन्य विश्वविद्यायमा रिजल्ट आएसँग प्रमाणपत्र र पदक सँगसँगै दिने गरेको सिलवालले बताए । प्रमाणपत्रसँगै पदक वितरण गर्न नसक्नु त्रिविका लागि लज्जाको विषय बनेको उनी बताउँछन् ।
पढ्दाको अनुभव
एसएलसीसम्मको पढाइ उनले लम्जुङमै गरेका थिए । त्यसपछि उनले साइन्स पढ्न थालेका थिए । तर विज्ञान विषय छोडेर उनी मानविकी अध्ययन गर्न थाले । उनको ब्याचदेखि नै स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु भएको थियो ।
सिलवालले स्वर्ण पदक पाउन गरेको सङ्घर्ष हामीलाई सुनाए । राम्रो प्राप्ताङ्क प्राप्त गर्न सक्दिनँ कि भन्ने डर उनमा पौदा भएको थियो । आफ्ना कक्षाका साथी र अन्य सङ्कायका साथीहरूले सेमेस्टर प्रणालीमा पहिलो पटक पढ्नुपर्ने भएकाले गाह्रो महसुस गरिरहेका थिए ।
सेमेस्टर प्रणाली सहज लागेको उनी सुनाउँछन् । स्नातक तह पनि सेमेस्टर प्रणालीमै अध्ययन गरेकाले स्नतकोत्तर सहज लागेको उनले बताए । स्नातक तहसम्म विज्ञान विषय अध्ययन गरेकाले सीधै राजनीतिकशास्त्र पढ्नुपर्ने भएकाले विषयका हिसाबले भने उनी नयाँ थिए । यही कारण राम्रो नतिजाका लागि सुरुबाट नै निकै मिहिनेतका साथ लाग्नुपर्ने थियो । मिहिनेत गर्न उनले कुनै कसुर बाँकी पनि राखेनन् । त्यही मिहिनेतले उनलाई स्वर्ण पदक पनि दिलायो ।
उनी सधैँ कक्षा कोठामा प्रवेश गर्नुपूर्व नै नयाँ ज्ञानको खोजीमा हुन्थे । आज मैले केही न केही नयाँ कुरा सिक्नै पर्छ भन्ने अठोट लिएर मात्र कक्षा कोठामा प्रवेश गर्ने गरेको उनी सुनाउँछन् । अघिल्लो दिन पढेका कुराहरूमा साथीहरूसँग छलफल पनि गर्दा रहेछन्, जसले पनि उनलाई पढेका कुरा दिमागमा सेट गर्ने सजिलो हुने गरेको थियो ।
शिक्षक (प्रोफेसर)सँग नजिकको हुनेका साथै कक्षा कोठाबाहिर पनि विभिन्न विषयमा जिज्ञासा राखिरहन्थ्यौँ । प्रोफेसरले दिएकोे होमवर्र्क समयमै पूरा गरेर बुझाउने गरेको उनी सुनाउँछ । साथीहरूले कहिलेकहीँ ढिलो गर्ने वा नबुझाउने गरेको उनले सम्झिए । साथै प्रिजेन्टेसन कुरामा पनि उनी सधैँ सचेत थिए । प्रोफेसरले दिएको विभिन्न काममा उनी कहिले ढिलो गर्ने पक्षमा लागेनन् । बरु सधैँ राम्रो कसरी गर्न सकिन्छ भन्ने कुराले उनको मनमा कौैतूहल जाग्थ्यो । विद्यार्थीले पढाइलाई पार्ट टाइमका रूपमा लिएर राम्रो नतिजा हासिल गर्ने नसकिने उनको बुझाइ छ ।
पुरै समय पढाइमै लगाउने सोचले त्रिवि होस्टेलमा बसेर पढ्ने गर्थे उनी । होस्टेल बाहिर बस्नुपर्ने अवस्था आए पनि पढाइलाई असर नपर्ने गरी बस्ने गरेको उनको अनुभव छ । स्नातककोत्तर अध्ययनको २ वर्षको समयमा पढाइबाहेको अन्य कुराहरूलाई विश्राम दिनुपरेको उनले बताए । साथीभाइसँग विभिन्न ठाउँमा बस्दा पनि नयाँ नयाँ कुराको बारेमा बहस गर्ने गरेको सिलवाल सुनाउँछन् ।
राजनीतिशास्त्रको अध्ययन गर्ने विद्यार्थी भएकाले पनि विभिन्न राजनीतिक प्रणाली, राजनीतिक सिद्धान्त, राजनीतिज्ञहरूको जीवनी, उनीहरूले गरेको सङ्घर्ष, आफ्नो देशको इतिहासका कुराहरू र कुन देश कसरी सफल भइरहेका छन् भन्नेबारेमा छलफल गर्ने गरेको उनी सुनाउँछन् । पढ्दाको समयमा विभिन्न क्षेत्रबाट ज्ञान बटुल्नमा केन्द्रित थिएँ ।
कक्षा कोठामा प्रोफेसरले विषयवस्तुभन्दा बाहिरका कुराहरू सुनाउँदा उनी सधैँ टिपोट गरेर राख्ने गर्थे । यसले उनको पढाइको दायर फराकिलो बनाउन सहयोग गर्ने गथ्र्यो ।
प्रोफेसरले नेपालका नेताहरू बीपी कोइराला, गणेशमान सिंह र पुष्पलाल श्रेष्ठलगायतका नेताहरूको राजनीतिक पटाको कुरा गर्दा सबै कुराहरू नोट गरेर राख्ने गर्थे । खालि समयमा होस या कक्षा कोठाभित्र होस् उक्त विषयलाई गहिरो तरिकाले दिमागमा सेट गर्नेतिर लागिहाल्थे । उनको लगनशील तथा मिहिनेतले ४ वाटै सेमेस्टरमा प्रथम हुन पनि सघायो । अनि मैले राम्रो गर्ने सक्छु भन्ने आत्मबल पनि बढ्दै गयो । तर उनमा आफूले धेरै कुरा सिक्न बाँकी छ भन्ने चिन्तन कहिल्यै हराएन ।
धेरैभन्दा धरै सिक्ने इच्छाले नै १८ वटै विषयमा राम्रो अङ्क ल्याएर पास पनि भए । उनले अध्ययनको दायरा पनि फराकिलो पर्दै लगे । बजारमा आएका नयाँ पुरान किताब पढ्नुका साथै अन्तर्राष्ट्रिय बजारमा रहेका किताबको पनि खोजी गरी अध्ययन गर्थे । इन्टर्नेटको राम्रो सुविधा भएकाले पनि अध्ययनको दायरा फराकिलो बनाउन सहज भएको सिलवाल बताउँछन् ।
उनी भन्छन्, ‘लिखित परीक्षामा आफूले सिकेको ज्ञानलाई सदुपयोग गर्नु सक्छु कि सक्दिन भन्ने अलिकति डर थियो । सेमेस्टर प्रणालीमा के कसरी परीक्षाको तयारी गर्नुपर्छ ? कुन तरिकाले लेख्दा राम्रो नतिजा ल्याउन सकिन्छ ? उत्तर लेख्दा कसरी सुरु गर्ने भन्नेबारेमा शिक्षक शिक्षिकाहरुसँग छलफल गथ्र्यौं । उहाँहरूको सुझावअनुसार नै आफूलाई तयार पाथ्र्यौं ।’
साथै परीक्षा पहिले नै केही प्रश्नको उत्तर लेख्ने र सरहरूलाई चेक गराएर कहाँ के कुराको सुधार गर्नुपर्ने हो, त्यहाँ सच्याउने गरेको उनको अनुभव छ । लेखाइको भाषा, विषयवस्तु र प्रस्तुतिका कुरा सर–म्यामसँग राम्रैसँग सिकेर परीक्षा दिने गरेकाले राम्रो नतिजा ल्याउन सफल भएको सिलवाल बताउँछन् ।
सँगै पढ्ने साथीहरू नजानेका कुरा सिक्न आउने गर्थे । आफूले जाने जति सबै सहज रूपमा सिकाइदिने गर्थे । आफूले जानेको कुरा साथीलाई सिकाउँदा आफ्नो पनि ज्ञान बढ्दै जाने गरेको उनले सुनाए । यसले परीक्षाका लागि थप सहयोग गर्यो ।
शोधपत्र लेख्दा पनि विद्यार्थीहरूले सजिलो रोज्ने गर्छन् । तर उनले आफूलाई बायस नहुने गरी नयाँ कुरा दिने सोच बनाए । पछिल्लो समय त शोधपत्र चोरीको विगविगी रहेको बताउँदै आफूले त्यो विषयलाई ख्याल गरेर नयाँ विषयवस्तुका साथ शोधपत्र लेखेको बताए ।
नेपालका विश्वविद्यालयमा पढेका विद्यार्थी अन्य देशका विश्वविद्यालयमा पढेका विद्यार्थीको दाँजोमा कमजोर हुन्छन् भन्ने कुरालाई चिर्न एकदमै नयाँ विषयमा शोधपत्र लेखेको उनको दाबी छ ।
इन्ट्रेस्टको विषय पढ्दा राम्रो नतिजा
पढाइलाई रोजगारीसँग जोडेर गर्ने कुरामा उनी असहमति जनाउँछन् । पढाइलाई बौद्धिक विलासका रूपमा लिन्छन् उनी । अहिले आफ्नो इन्ट्रेस्टको विषय पढ्नेभन्दा पनि के विषय पढ्दा रोजगारी पाइन्छ । त्यही विषय पढ्ने चलन बसेकाले धेरै विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको उनको बुझाइ छ । कुनै विद्यार्थीले आफूलाई मनैदेखि इच्छा लागेको विषय पढेको खण्डमा राम्रो नतिजा ल्याउन सजिलो हुने उनी बताउँछन् । कुनै पनि मान्छेले आफूलाई मन पर्ने कुरा पछ्याइरहेको हुन्छ । राजनीतिक र समाजबारे अध्ययन गर्ने रहर पहिलेदेखि नै भएकाले पनि आफूलाई राजनीतिकशास्त्रमा राम्रो नतिजा ल्याउन सहज भएको सिलवालले बताए ।
कुनै पनि कुरा पढिसकेपछि मलाई आइहाल्छ नि भनेर बेवास्ता गर्ने बानी विद्यार्थीका लागि सबैभन्दा हानिकार हो । यस्तो बानी बेलैमा छोड्नु पर्छ । साथै पढाइलाई पार्ट टाइमका रूपमा लिनु नहुने उनको बुझाइ छ । पढ्ने समयमा आफूलाई एकोहोरो बनाउनुपर्छ । हाम्रो पनि राम्रो पढाइ हुन्छ । विद्यार्थीले सिर्जनशील बन्ने प्रयास गरेमा राम्रो नतिजाका लागि कुनै गाह्रो छैन ।
तर स्नातकोत्तर अध्ययन गरिसकेपछि त्रिविमा रिसर्चको कमी छ । तर त्रिविको लाइब्रेरी राम्रै अन्तर्गत पर्छ । अमेरिका र युरोपतिरका लाइब्रेरीको तुलनामा राम्रैमा पर्छ । हामीमा पढ्ने बानी विकास हुन नसकेकाले उनी बताउँछन् ।
पढेको कुराहरू प्रयोगमा पनि ल्याउन जोड दिनुपर्छ । आफूले पढेको कुरा समाजसँग जोडिएन भने पढ्नुको खासै अर्थ नहुने उनको बुझाइ छ । म राजनीतिशास्त्रको विद्यार्थी भएकाले समाज र राष्ट्रका विषयमा के–कसरी सहयोग गर्नुसक्छु भन्ने हो । अन्य विषय अध्ययन गरेका साथीहरूले पनि पढाइ भनेको आफ्नो जीविकोपार्जनका रूपमा लिनुभन्दा पनि आफूले देश र समाजलाई केही दिनुपर्छ भन्ने कुरा मनन गर्नुपर्छ भन्ने लाग्छ उनलाई ।
स्वर्ण पदकबाट सम्मानित भएका पहिलेका केही दिदीदाजुहरू विदेशतिर रहेका छन् । केही विद्यावारिधि गरिरहेका छन् भने केही विदेशमै काम गरिरहेका छन् । देश बनाउन हामीले राम्रो शैक्षिक जनशक्तिलाई आफ्नै देशमा बसेर काम गरे वातावरण सिर्जना गराउनुपर्ने अवस्था आएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण