हाम्रो बसयात्रा (कविता)
सोमबार, १६ पुस २०७५, १८ : २२
—अस्मी
अस्ति हामी आमासित मामाघर गा’को
उभिएरै गाको बसमा उभिएरै आ’को ।
बीचबाटो एक्कै छिन सिट खाली भा’थ्यो
भाइले र मैले पनि ट्यास्स बस्न पा’थ्यो ।
एउटा मोटोघाटो मान्छे फुत्त बसमा पस्यो
हामीलाई ‘उठ !’ भन्यो आफू सिटमा बस्यो ।
छिनभर पनि हामी सिटमा बस्न पा’को हैन
गोडा दुख्न अभैm पनि निको भा’को छैन र ।
टेम्पो, माइक्रो, बस, मिनी जेमा पनि यस्तै
जहाँ जाँदा पनि यस्तै जहिले पनि यस्तै ।
केटाकेटी भनेपछि जताततै हेला
हामी अब कहिले मात्र ठूलो हुनेहौंला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण