शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो बसयात्रा (कविता)

सोमबार, १६ पुस २०७५, १८ : २२
सोमबार, १६ पुस २०७५

—अस्मी

 अस्ति हामी आमासित मामाघर गा’को

 उभिएरै गाको बसमा उभिएरै आ’को ।

बीचबाटो एक्कै छिन सिट खाली भा’थ्यो

भाइले र मैले पनि ट्यास्स बस्न पा’थ्यो ।

 

एउटा मोटोघाटो मान्छे फुत्त बसमा पस्यो

हामीलाई ‘उठ !’ भन्यो आफू सिटमा बस्यो । 

छिनभर पनि हामी सिटमा बस्न पा’को हैन 

गोडा दुख्न अभैm पनि निको भा’को छैन र ।

 

टेम्पो, माइक्रो, बस, मिनी जेमा पनि यस्तै  

जहाँ जाँदा पनि यस्तै जहिले पनि यस्तै ।

केटाकेटी भनेपछि जताततै हेला

हामी अब कहिले मात्र ठूलो हुनेहौंला ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप