‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा
शुक्रबार, २० पुस २०७५, १५ : ३३
काठमाडौं– नेपाल प्रहरीले ‘तपस्वी’ को रुपमा चर्चा कमाएका राम बहादुर बम्जनको आश्रममा छापा मारेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाडेगाउँमा रहेको बम्जनको आश्रममा छापा मार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख (एसपी) मुकुन्द मरासिनीले रातोपाटीलाई जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त टोलीले आश्रम खानतलासी गरेको मरासिनीले बताए । उनले भने, ‘आश्रम खानतलासीको काम भइरहेको छ, बम्जन भेटिएका छैनन् ।’
बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा कमाएका बम्जनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहिन भएको उजुरी परेपछि प्रहरीले बम्जनको खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण