बालकविता : कमिलाका ताँती
शनिबार, २१ पुस २०७५, १२ : ४४
–रमेशचन्द्र घिमिरे
हिँडे लस्कर लाउँदै भई साथी–साथी
हेरिरहूँ जस्तो कमिलाका ताँती
एकै ठाउँ जुट्छन् मिलिजुली बस्छन्
आलोपालो गर्दै दुलोभित्र पस्छन्
देखिँदैन कैल्यै यिनको लराभाँती
सँगै अघि बढ्छन् कमिलाका ताँती
बलिया छन् साह्रै छैन आँत लुलो
सानो ज्यान छ तर बोक्छन् भारी ठूलो
हाम्रोभन्दा दरो होला यिनको छाती
डराउन्नन कत्ति कमिलाका ताँती
आफू मात्रै खाने बानी छैन लुच्चा
छैनन् लोभी पापी छैनन् कोही छुच्चा
बाजेदेखि नाति सबै उस्तै जाती
रमाउँदै हिँड्छन् कमिलाका ताँती ।
–भोर्लेटार, लमजुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण