फिरङ्गीले पोसेपछि !
–तोयनाथ भट्टराई
मुलुकमा फिरङ्गी घुसेपछि
पहिलो काम धर्म निरपेक्षताका लागि
निर्णयकर्ता किन्ने काम हुन्छ !
निर्णयकर्ता मूल काम छोडेर
पूर्वघोषित कार्यसूचीसमेत रोकेर
हिरालाल शैलीमा
गोष्ठी र सेमिनार उद्घाटन गर्दै
घाँटीमा नअट्ने सयपत्री माला भिर्दै
डलरको नसामा यत्र तत्र भौँतारिन्छ !
उता विधिको शासन निन्याउरो हुन्छ
जनबल औ बन्दुकमा पनि खिया लाग्छ
भ्रष्टाचार सबैभन्दा बलवान भएर
रजगज गर्न थाल्छ
बजार विदेशीको हातमा जान्छ
विचरो सदाचारी परेवा
छट्पटाएर रिमालको ‘एक दिन’ पर्खेर
फेरि पनि पखेटा चालिरहन्छ
भ्रष्टाचारी सत्तामा पुगेर
चटकी नाच देखाउन थाल्छ ।
अहिले नेपालमा पनि पृथ्वी,
बीपी मनमोहन र मदनसँगै
उनका सपनाहरू उडेर जानेक्रम जारी छ
भारतमा दलित र पिछडा वर्ग
अर्को अम्बेडकरको खोजीमा छन्
दक्षिण अफ्रिका
असमानताको नयाँ रङ्ग भेदमा
जाक्किँदै गइरहेको देखिन्छ !
अर्थात
फिरङ्गी अझै सक्रिय छन्
हामी मात्र होइन, विश्वले नै
फेरि पृथ्वी नारायण, मोहन गान्धी, मदन भण्डारी
नेल्सन मन्डेलाको
खोजी गरिरहेका छन् !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण