कविता : समय
–लक्ष्मण सिटौला
समय
तिम्ले र मैले चाहेर रोकिने भए
हाम्रो त्यो पहिलो भेटलाई
पहिलो हेराइलाई
पहिलो मुस्कानलाई
पहिलो स्पर्शलाई
रोकिरहन्थे नि !
चौबाटोमा घण्टौँ कुर्दाको
त्यो छट्पटी
तिम्रो आगमनको त्यो व्यग्र प्रतीक्षा
कति मीठो थियो त्यो सादृश्य अभिजिता
तिम्लाई कुर्दा पनि आनन्द आइरहेको पल
एक प्रकारको माधूर्य मौनता !
छोडेर हिँड्न मन लागेन साँझको त्यो चोक
स्वयम्भुको देब्रे पाटो
चिसो बतासले गालामा छोएर गएको
स्कुल अगाडिको त्यो बाटो
तिम्लाई कुरिरहे
पछाडिबाट आयौ
नदेख्दै मलाई नुतन आभाष भो
तिमीसँगै आइरहेको तिम्रो सुवास
मुटुको अत्तर मगमगायो !
रोकेर रोकिने भए समय
हाम्रो त्यो पुलकित हेराइ
हामीलाई छोडेर गएको बिहानको
शारदीय घाम
रोकिरहन्थे हत्केलामा
पहिलो भेट पहिलो स्पर्शबोधिता
पहिलो उत्कन्ठ
पहिलो बोलाई
पहिलो सम्बोधन
खै कुन्नि बिर्सिएँ !
के भनेर बोलाएकी थियौ मलाई
अलिकति सम्झना भए भनन
फेरि त्यो मीठो अतीततिर फर्किन मनलाग्यो
समयको नदी रोकिँदैन
नरोकिने नाम नै समय हो
जसै आकाशमा चराहरू रोकिँदैनन्
जिन्दगी जसै रोकिन्न
रोक्न सक्ने भए म
हिजो हामीले एक अर्कालाई छुँदाको
त्यो पहिलो समयलाई रोक्ने थिए
त्यस्तै न्यानो त्यस्तै प्रदिप्तता
त्यस्तै त्यस्तै मीठो आहा !
शिवपुरी गाउँपालिका, नुवाकोट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण