कविता : इच्छा
शनिबार, २८ पुस २०७५, ११ : ३१
मनोज लम्साल
असीमित भोक जगाएर कर्मको
सपनालाई म ब्युझाँउन सकूँ
काँडाहरू हटाएर पथको
दिव्य मार्ग म बनाउन सकूँ
विचलन मनमा कहीँकतै नआओस्
चट्टानसरी अडिग बन्न म सकूँ
तिर्खाएका काकाकुल मनहरूलाई
पानी बनेर मेटाउन सकूँ ।
हारेर मुर्झाएका फूलहरूमा
लाली बनेर झर्न म सकूँ
अभावले पिल्सिएका ओठहरूलाई
आशा बनी हरदम हँसाउन सकूँ
अँध्यारोको कहरमा बाटो भुल्नेहरूलाई
प्रकाश बनी बाटो देखाउन सकूँ
अन्यायको जाँतोमा पिसिएकाहरूलाई
न्यायरूपी डोरी बनी बाध्न म सकूँ
आफूभित्रका हरेक कमजोरीलाई
खुल्ला हृदयले स्वीकार गर्न म सकूँ
आफूलाई आफैले प्रश्न गर्दै हरदम
एक असल मानिस बनी देखाउन सकूँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण