कविता : धर्म भेटियो, कर्म भेटिएन
राजन पौडेल
धर्म भेटियो, कर्म भेटिएन
धर्मैधर्मको देशमा, धेरै धर्महरू भेटिए
कर्म भेटिएन
यहाँ ईश्वरको डर राख्ने कर्मचारी भेटिएन
न त नेता भेटियो
न त सतगुरु ।
धर्मैधर्मको देशमा अधर्म मात्र भेटियो
कर्मी पराकर्मी, सतकर्मी भेटिएन
घुसवीर र भ्रष्टवीरहरू सबैतिर
सत्यवीर, न्यायवीर, कर्मवीर, सुरवीर र महावीरहरू भेटिएन ।
तिमी भ्रष्ट नेता हौ,
तिमी भ्रष्ट कर्मचारी हौ
भन्ने साहस गर्ने जनता भेटिएन,
धर्मअनुसारको कर्म गर्ने सच्चा भक्त भेटिएन
धर्मैधर्मको देशमा, सतकर्म भेटिएन
भ्रष्टहरूलाई जेल कोच्न सक्ने, बहादुर शासक भेटिएन
देशको आधा जनसङ्ख्या जेलमा सडला भन्ने डर छ
भो अब जनताको रगत नचुस श्रीमान् भन्ने श्रीमती भेटिएन,
हामी भ्रष्टचारीका छोराछोरी भनेर चिनिन चाहँदैनौँ, भन्ने सपुत भेटिएन
धन सम्पत्ति मात्र होइन, मान सम्मान पनि कमाउ भन्ने आमा भेटिएन
इमानदार व्यक्ति बनेस्, देश र जनताको सेवा गरेस् भन्ने बाबु भेटिएन ।
भ्रष्टाचारीलाई छोरी दिँदैनौ भन्ने बाउआमा भेटिएन
भ्रष्टाचारीका छोरीलाई बुहारी बनाउँदैनौँ भन्ने सासूससुरा भेटिएन
यहाँ शास्त्रीहरू फालाफाल भेटिन्छन्,
शास्त्रहरू त कतिकति,
वेद, गीता, त्रिपिटक, बाइबल, कुरान सबै भेटिन्छन् यहाँ
प्रचार गर्ने, सिकाउने, सुनाउने सबै भेटिन्छन्, तर पालन गर्ने भक्त भेटिएन
धर्म भेटियो, कर्म भेटिएन
भ्रष्टाचारीलाई मन्दिर, गुम्बा, चर्च र मस्जिदबाट बहिष्कार गर्ने समाज भेटिएन
धर्म र ईश्वरकै नाममा, गाँस, बास र कपास कमाउनेहरू धेरै भेटिए,
पुरोहित, लामा, पास्टर, मुल्लाह र भक्तजनहरू कतिकति
धर्म र ईश्वरकै नाममा सोझासाझाहरूलाई डर–त्रास देखाउनेहरू भेटिए
धर्मकै नाममा राजनीति गर्नेहरू पनि भेटिए
भक्तहरूको गुणभन्दा सङ्ख्याको धाक लाउने धर्मनेताहरू पनि भेटिए
खै कुन्नि कति ?
तर सत्कर्म गर्ने, न त नेता भेटिए, न कर्मचारी, न जनता, न त भक्तहरू
यहाँ धर्म भेटियो, कर्म भेटिएन,
धर्मभिरु (मुखमा मात्र धर्म, देशलाई चुसेर खोक्रो बनाउनेहरू),
धर्मनाइके (धर्मका ठेकेदारहरू)
धर्मगोरु (धर्मको सिङले अरूलाई हान्नेहरू)
धर्ममरु (धर्म नभएका, नास्तिकहरू)
सबै भेटिए तर कर्मभिरु भेटिएन
भ्रष्टाचार नभएको ठाउँ भेटिएन
भ्रष्ट आचार नभएको व्यक्ति भेटिएन
धर्मैधर्मको देशमा, धर्महरू भेटिए, कर्म भेटिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण