शैक्षिक योग्यताअनुसार सम्मान नभएको भन्दै हेल्थ असिस्टेन्ट आन्दोलनमा, सक्कली प्रमाण पत्र जलाउने तयारी
एक सातादेखि देशभरका हेल्थ असिस्टेन्ट आन्दोलनका लागि काठमाडौँमा छन् । ६ बुँदे माग राख्दै पुस २४ देखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघको आन्दोलन आज पनि जारी रहेको छ ।
सरकारले माग प्रति कुनै चासो नदिएको भन्दै आज पनि माइतीघरमा आन्दोलन अन्तरर्गतनै भोली सक्कली प्रमाण पत्र जलाउने तयारीमा रहेको संघका उपाध्यक्ष तथा आन्दोलन संयोजक मेघनाथ चापागाइले बताए । शैक्षिक योग्यताको कदर नगरेसम्म आफूहरुको आन्दोलन फिर्ता नहुँने चापागाइको भनाई छ ।
कर्मचारीलाई जिम्मेवारी दिँदा खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश वा लोक सेवा आयोगको प्रक्रियागत बढुवा भए बमोजिम नियुक्ती पत्रमा उल्लेखित पद अनुसार मात्रै दिनुपर्ने अवस्थामा शैक्षिक योग्यता नभएको कर्मचारीलाई जिम्मेवारी दिन खोजेपछि आन्दोलन गर्नुपरेको संयोजक चापागाइले बताए ।
प्रक्रियागत रुपमा बढुवा भएको कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने कर्मचारीहरुको माग रहेको छ । ४ वर्ष अध्ययन गरेका जनस्वास्थ्यभन्दा माथि ३ वर्ष अध्ययन गरेको हेल्थ असिस्टेन्ट अर्थात आफूहरुलाई मन्त्रालयले राख्न खोजिए पछि शैक्षिक योग्यताको सम्मान हुनु पर्ने संघको माग हो ।
पहिलो वार्ता असफल
हेल्थ असिस्टेन्ट संघ (हान) र सरकारसंग हिजो भएको वार्ता सफल हुन सकेन । धेरै विकल्पका विषयमा छलफल भए पनि वार्ता सफल हुन नसकेको संघले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईं र समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको थियो ।
यस्तै संघको तर्फबाट अध्यक्ष दाताराम अधिकारी,उपाध्यक्ष मेघनाथ चापागाइ, प्रकाश परियार, हानका प्रदेश नं २ का संयोजक रविन्द्र साह र सदस्य उदयकुमार महतो वार्तामा उपस्थित थिए । धेरै विकल्पमा छलफल भए पनि वार्ता सफल हुन नसकेको संघले जनाएको छ ।
मागहरु
— स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख वर्गको आधारमा तहगत ,पदिय जेष्ठता हुनुपर्ने ।
—स्थानीयतहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी चेन अफ कमान्ड र हिरार्कीमा कुनै असर नहुने गरि सेवा प्रवेश गरेको नियुक्ती पत्रमा उल्लेख पदअनुसार मात्र गर्नुपर्ने ।
— स्वास्थ्य सेवामा कर्मचारी खटाउँदा सेवामा रहदाको ऐन नियममा उल्लेखित सेवा ,सुविधा र सुरक्षाको शर्तमा कुनै परिवर्तन नहुने गरी खटाउनु पर्ने ।
—संघीय निजामति सेवाको गठन ,संचालन र सेवाको सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा अन्तर सेवा तथा अन्तर प्रादेशिक लोक सेवा आयोगमा प्रतिष्पर्धा गर्न पाउँने व्यवस्था हुनु पर्ने ।
असिस्टेन्ट संघको आन्दोलनलाई नेपाल रेडियोलोजिकल सोसाईटी,राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल, नेपाल डेन्टल साईन्स आईजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ लगायत स्वास्थ्य संगठनहरुले आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण