डा गोविन्द केसीका समर्थक सडकमा, सरकारविरुद्ध नाराबाजी (फोटोफिचर)
शनिबार, ०५ माघ २०७५, १३ : २४
काठमाडौं–‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा शनिबार राजधानीको माइतीघरमा जुलुस निकालिएको छ ।
डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको छ ।
चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन सुरु गरेका थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनसनकै क्रममा उपचार भइरहेको छ ।
तस्बिरहरु : कृष्ण खड्का
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण