स्वस्थानी व्रत कथासँगै शालिनदीमा मेला सुरु
काठमाडौं - काठमाडौंको शङ्करापुर नगरपालिकामा रहेको धार्मिक नदी शालिनदीमा स्वस्थानी व्रत कथा सुरु भएसँगै एक महिने मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णिमा तिथिदेखि सुरु हुने मेला माघ शुक्ल पूणिर्मासम्म चल्ने छ ।
हरेक वर्ष माधवनारायणको मुर्ति शालिनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ । सोमबार बिहानैदेखि दर्शानार्थीहरुको बाक्लो उपस्थिती रहेको छ । स्वस्थानीमा भएअनुसार गोमा ब्राह्मणी पुत्रनवराज राजाले राज्य गरेको प्राचीन नगर लावण्य देश साँखुको नदी किनारमा भक्तजनहरु एक महिनासम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यस व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथाको जनविश्वास रहेको छ ।
एक महिनापछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण