चिसो काठमाडौंमा पानी बर्सियो, चन्दागिरी र फूलचोकीमा हिउँ (फोटोफिचर)
काठमाडौं– मौसममा आएको बदलीका कारण आज काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमका अधिकांश भागमा वर्षा भएको छ ।
विशेषगरी देशको मध्य र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ ।
पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहानको मापन अनुसार काठमाडौमा सवैभन्दा बढी वर्षा भएको छ । त्यस्तै पूर्वका उच्च हिमाली क्षेत्रमा बर्षासहित हिमपात समेत भएको छ ।
काठमाडौमा १० दशमलव १ मिलिमिटर पानी परेको छ । त्यस्तै सवैभन्दा कम पूर्वी जिल्ला ओखलढुङगामा ० दशमलव १ मिलिमिटिर पानी परेको छ ।
मध्य तथा पश्चिम क्षेत्रमा आज रातीसम्म नै पानी पर्ने र बुधबार मध्यरातीबाट विस्तारै पुर्व क्षेत्रमा मौसम सर्दै जानेछ ।
बिहीबार देशको मौसममा केही सुधार आउने भएपनि शुक्रबारबाट पश्चिमबाट अर्को बायु नेपाल प्रवेश गर्ने भएकाले पुन वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश भागमा वर्षा भएपनि तापक्रममा भने खासै परिवर्तन नआएको विभागले जनाएको छ ।
मङ्गलबार पनि सुदूर र मध्यपश्चिम क्षेत्रका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नुका साथै हिमपातसमेत भएको थियो ।
यसैबीच उपत्यकाकाे फूलचाेकी र चन्द्रागिरीमा हिँउ परेकाे छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण