सरस्वती र धर्म एनभीए बर्ष खेलाडी
काठमाडौं । विभागीय टोली एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धर्मबहादुर भट्ट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल भलिबल संघले शुक्रबार सरस्वतीलाई महिला र धर्मलाई पुरुष बर्षखेलाडी अवार्ड प्रदान गरेको हो । एनभीए अवार्डसँगै सरस्वती र धर्मले जनही २५ हजार रुपैयाँ पाए ।
यसैगरी महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका बिनोद बहादुर चन्द उदयमान खेलाडी घोषित भए । वर्षको उत्कृष्ट प्रशिक्षकको महिलामा एपीएफका ज्ञानेन्द्र बिष्ट र पुरुषमा आर्मीका कपिल किशोर श्रेष्ठ चुनिए । उदयमान खेलाडी र प्रशिक्षकलाई पनि संघले जनही २५ हजार रुपैयाँ प्रदान गर्यो ।
महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी उत्कृष्ट टिम घोषित भए । उत्कृष्ट टिमले समान एक/एक लाख रुपैयाँ प्राप्त गरे । अवार्ड विजेतालाई राष्ट्रि«य खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिमल्सिना, संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण