एपीएफसँग पुलिसको अंक बराबरी
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले रेडबुल ढोरपाटन डलब लिग महिला भलिबलमा शीर्ष टोली एपीएफसँग अंक बराबरी गरेको छ ।
नयाँबसपार्क स्थित ढोरपाटन क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनमाथि २५–८, २५–३, २५–२ को नतिजा निकालेको थियो ।
अपराजित पुलिसले ५ खेलबाट १५ अंक बनाएको छ । एपीएफको पनि १५ अंक छ । पोखराले दोहोरो जित निकाल्नयो । पश्चिमाञ्चल टोली पोखराले पहिलो खेलमा थाहा नगरपालिकालाई २५–३, २५–६, २५–११ ले हरायो । दोस्रो खेलमा श्रीगाँउ दाङमाथि २५–१४, २५–१४, २५–१० को सहज जित निकाल्यो । जितसँगै पोखराले तीन खेलबाट ७ अंक बनाएको छ ।
सुक्रबारनै भएको अर्काे खेलमा सेबले चितवन टाइग्रेसलाई २५–२३, २५–२१, २५–१४ को सेटमा हरायो । अर्को खेलमा चितवनले थाहा नगरपालिकालाई २५–१३, २५–११, २५–१२ को सेटमा पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण