प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्ती दिएको हो ।
उनले नै डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभु बैंकलाई आकर्षक वाणिज्य बैंक बनाएका थिए । खराब संस्थालाई गाभेर जर्जरपूर्ण अवस्थाबाट बैंकलाई माथि उठाउन उनले निक्कै ठूलो भुमिका निर्वाह गरेका थिए । बैंकर शेरचनको कुशल कार्यसम्पादनलाई हेरेर पनि संचालक समितिले दोस्रो कार्यकालका लागि बैंक सञ्चालनको जिम्मा दिएको हो ।
बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई माघ १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायब प्रमुख कार्यकारी थिए । किष्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहेका शेरचनलाई तत्कालिन सीईओ कुमार लम्सालले राजिनामा दिएपछि सीईओमा नियुक्त गरिएको थियो ।
शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण