बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले टस जितेर ब्याटिङ रोज्यो, वसन्त रेग्मी टिममा परेनन्

शनिबार, १२ माघ २०७५, ११ : ५३
शनिबार, १२ माघ २०७५

युएई । नेपालले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार भएको पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीले आज केही खेलाडी परिवर्तन गरेको छ।

दोस्रो खेलमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल आएका छन् भने पोहिलो खेलमा १ ओभर मात्र बलिङ गरेका स्पिनर बसन्त रेग्मीले आजको खेल खेल्ने छैन्नन ।

आजको खेलमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, ललितनारायण राजबशी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने आरिफ शेख, रोहितकुमार पौडेल, पवन सर्राफ, दिपेन्द्रसिंह ऐरिले खेल्नेछन् । 

खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु भएको छ ।

खराब ब्याटिङका कारण पहिलो खेलमा नेपाल ३ विकेटले पराजय भोग्नु परेको थियो । पहिलो खेल गुमाएको नेपालले सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नुपर्छ । अन्यथा नेपालले एक खेल अगावै सिरिज गुमाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप