कविता : अङ्गदान
– राकेश कार्की
तिमी व्यर्थ किन
‘म म’ भन्छौ
जब कि तिमी तिमी नै हैनौँ
सम्झ त मानिसहरू
ड्राइभिङ लाइसेन्स भर्दा
कुन कुन अङ्ग दान गर्ने
भनेर चिन्ह लगाउँछन्
तिमी मेरो आँखा भन्छौ
हेरेर दङ्ग पर्छौ
जुधाउँछौ, लजाएर झुकाउँछौ
राता राता पारी रिसाउँछौ
चिसाउँछौ, पुछ्छौ
निदाउछौ, सपना देख्छौ
त्यही आँखा दान गर्नासाथ
त्यो तिम्रो आँखा अर्कैको हुन्छ
अर्कैले हेर्छ, रमाउँछ
आदि इत्यादि गर्छ
अनि कसरी त्यो आँखा तिम्रो भो !
तिमी तिम्रो मुटु आफ्नो भन्छौ
माया गर्छौ, सँगाल्छौ
धड्कन चलाउँछौ, सुनाउँछौ
दुःखाउँछौ, चिराउँछौ, घाउ बनाउँछौ
शरीरकै मुख्य अङ्ग भन्ठान्छौ
तर त्यही मुटु दान गर्नासाथ
अर्कैले चलाउँछ, माया गर्छ, सँगाल्छ
दुखाउँछ, चिरा पार्छ
अनि त्यो मुटु पनि
तिम्रो हुँदैन अर्कैको हुन्छ
त्यस्तै तिम्रो मिर्गौला, फोक्सो, कलेजो
दान गर त
त्यो पनि अर्कैको हुन्छ
अब तिम्रो शरीरको
जुन जुन अङ्गलाई
तिम्रो अङ्ग भनेर
घमण्ड गर्छौ
जतन गर्छौ
माया गर्छौ
त्यही अर्कोलाई दान गरेपछि
तिम्रो हुँदैन
तिम्रो आँखा न तिम्रो हो
तिम्रो मुटु न तिम्रो हो
न त मिर्गौला, फोक्सो, कलेजो नै
तिम्रो हो
अनि तिम्रो चाहिँ के हो त ?
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण