पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बनाए अचम्म–अचम्मका रोबोट (फोटो/भिडियो)
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यसबर्ष पनि प्रविधी प्रर्दशनको आयोजना गरेका छन् ।
ललितपुरको पुल्चोकस्थित क्याम्पस हातामा १० औं राष्ट्रिय मेकानिकल इन्जिनियरिङ मेट्रिक्स एक्सको प्रर्दशन गरिएको हो । माघ ११ गतेदेखि १३ गतेसम्म ३ दिने मेकानिकल प्रविधी प्रदर्शनीमा विभिन्न प्रकारका मेकानिकल प्रविधीको डेमो तथा रोबोट र अन्य सामग्रीहरु राखिएको छ ।
सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट पुल्चोक क्याम्पसका अध्यक्ष विकास कुँवरले मेकानिकल इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरुले बनाएका प्रविधिको प्रदर्शनी गरिएको जानकारी दिए ।
उनले भने– ‘विद्यार्थीहरुले कक्षामा आफूले गरेको प्रोजेक्टको पदर्शन गरेका छन् । यहाँ पर्दशन गरिएको मेकानिकल प्रविधिको नयाँ उद्योगहरुका लागि समेत काम लाग्न सक्छ ।’
प्रर्दशनीका १७ वटा स्टल राखिएको छ । प्रदर्शनीमा ड्रोन दौड प्रतिस्पर्धालगायत रोचक कार्यक्रम राखिएको छ । प्रदर्शनी हेर्न विभिन्न स्कुल तथा क्याम्पसबाट विद्यार्थीहरु आइरहेको कुँवरले बताए ।
प्रदर्शनीमा विद्यार्थीहरुले गल्ने तथा नगल्ने फोहोर छुट्टयाउने प्रविधी, घरको ट्याङ्कीमा पानी सकिए अटोम्याटिक रुपमा पानी भर्ने प्रविधी, विद्युतीय सवारी, विद्युतीय सामग्री चार्ज गर्न मिल्ने तथा कसैबाट आक्रमण हुँदा करेन्ट लगाउने लट्टी, सोलार प्रविधिबाट पानी ड्रिस्टिलाइजेशन गर्ने प्रविधीहरुको डेमो प्रर्दशन गरेका छन् ।
हेर्नुहोस भिडियो :-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण