अष्ट्रेलियामा २५ वर्षे एक नेपालीको डुबेर मृत्यु, तीनजनाको भने उद्धार
आइतबार, १३ माघ २०७५, १३ : ३०
अष्ट्रेलियामा अहिले अत्यधिक गर्मी छ । मानिसहरु गर्मीबाट राहत पाउनका लागि पौडी खेलिरहेका छन् । तर अत्यधिक गर्मीबाट बच्न सिड्नीको बेन्ट्स बासिनमा पौडी खेल्न गएका एक नेपालीले आइतबार आफ्नो ज्यान गुमाएका छन् ।
नाइन न्यूज डटकमका अनुसार स्थानीय समयानुसार बिहान साढे ११ बजे युवाको एक समूह पानीमा संघर्ष गरिरहेको देखेपछि आपत्कालीन सेवा बोलाइएको थियो ।
२० वर्षका अन्य तीन युवाको उद्दार गरिएको छ । तर २५ वर्षे नाम खुल्न नसकेका नेपालीको भने मृत्यु भएको छ । उनको शव दिउँसो साढे १ बजे भेटिएको हो ।
डिसेम्बर १ देखि अहिलेसम्म ७० बढीको डुबेर मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण