हाम्रो छाला कति बाक्लो हुन्छ ?
छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी भाग हो । यसका दुई तहहरु हुन्छन्– डर्मिस र इपिडर्मिस । हाम्रो आँखाले देखिने छालाको भागलाई इपिडर्मिस भनिन्छ । यो बलिया कोषहरुबाट बनेको हुन्छ । पुरानो भएपछि छालाको यो भाग मर्छ । त्यसरी मरेको कोषहरुको ठाउँमा नयाँ कोषहरु पलाउने गर्छ ।
त्यसरी इपिडर्मिसमा नयाँ कोषहरु बन्नको लागि छालाको भित्री भागमा रहेको भागले मद्दत गर्छ । त्यो भागलाई डर्मिस भनिन्छ ।
हाम्रो शरीरमा छालाको मोटाइ फरक फरक हुने गर्छ । शरीरको एक ठाउँमा हुने छालाको मोटाइ र अर्को ठाउँको छालाको मोटाइ फरक फरक हुने गर्छ । तर सालाखाला मोटाइ चाहिँ २ मिलिमिटर हुन्छ ।
छालाले हाम्रो शरीरका भित्री अंगहरुलाई किटाणु तथा हानिकारक कुराहरु, चोटपटकहरुबाट बचाउने गर्छ । यसले सूर्यको प्रकाशमा हुने हानिकारक किरणबाट पनि शरीरलाई बचाउने गर्छ । सूर्यमा हुने हानिकारक किरणलाई पराबैजनी किरण पनि भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण