को हुन् सहिद, सम्झने र सम्मान गर्ने कसरी ?
हामीले खाने प्रत्येक गांसमा रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको
हाम्रो मुटुको प्रत्येक चालमा धडकन छ सहिदको
हाम्रा खुसीका प्रत्येक पलमा जीवन छ सहिदको
–भूपि शेरचन
खटिखाने जनतालाई थाङ्नामा सुताइराख्ने अनि चुसिखानेहरुका लागि चाहिँ लुट र वैभगको साम्राज्य खडा गरिदिने जनविरोधी व्यवस्थाहरुलाई धूलोपीठो पारिदिन छेडिएका संघर्ष, आन्दोलन वा लडाइँको अग्रपंक्तिमा रहेर जीवनको बलिदानी दिने महान् कर्मवीरहरुको नाम हो सहिद ।
व्यक्तिगत जीवनको नाफाघाटा नहेरेर, बृहत्तर समाजको हितको लागि आफ्ना जिन्दगी ती सहिदहरुले अर्पण नगरेको भए आज राणा शासन र पञ्चायत लगायत विभिन्न निरंकुशतन्त्रहरुको जन्जिर भन्दा बाहिर कहाँ आउन सक्थ्यौँ हामी ? कवि भूपि शेरचनको उक्त कविताले भने झैँ हाम्रो मुटुको प्रत्येक चालमा धडकन छ सहिदको । तर सहिदको नाममा हुने गरेको व्यापार, चलखेल र वितण्डाहरुको लर्को देख्दा यतिखेर स्वभाविक रुपमा प्रश्न उठ्छः के साँच्चै हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ त सहिदको ?
सहिद दिवसको सन्दर्भमा यतिखेर उठ्नैपर्ने र उठाउनै प्रश्न भनेको के हो भने – साँच्चै नै को हुन् सहिद, कसरी गर्ने सहिदको परिभाषा ? विशेषतः हिजो निरंकुश राणातन्त्रका विरुद्ध हाँसीहाँसी जीवनको बलिदान गर्ने महान् सहिदहरुको उच्च सम्मान र सम्झना गर्दै त्यसयता भएका लोकतन्त्र, गणतन्त्र र जनयुद्धका महान् जनपक्षीय संघर्षहरुमा आफ्ना प्राणको आहुति दिने महान् योद्धाहरुलाई कसरी सम्झने र सम्मान गर्ने ?
यिनै प्रश्न र सन्दर्भहरुको सेरोफेरोमा रहेर रातोपाटीका सुनीता न्यौपानेले संयोजन गर्नुभएको सामग्रीहरु प्रस्तुत गरिएको छ ।
याे पनि......
'जुन वर्गको संस्था स्थापना हुन्छ, त्यसले आफ्नो वर्गका लागि लड्नेलाई अगाडि ल्याउने रहेछ '
सहिद दुर्गानन्द झा जसलाई मृत्युदण्ड दिन कानुन नै संशोधन गर्नुपर्यो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण