पार्टी एकताको फाइनल गरेर राणा र लोहनी पारस शाह भेट्न पुग्दा...
काठमाडौं– एकाएक हृदयघात भएपछि पूर्वयुवराज पारस शाह सोमबार नर्भिक अस्पताल भर्ना भए । उनी अहिले पनि नर्भिक अस्पतालमा उपचाररत छन् ।
पारस शाह अस्पताल भर्ना भएको एक दिनपछि स्वास्थ्य अवस्था बुझ्न राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी अस्पताल पुगे ।
यही माघ १८ गते दुई पार्टीबीच एकता गर्ने फाइनल गरेर मंगलबार अपरान्ह लोहनी र राणा एकसाथ पारस शाह भेट्न नर्भिक अस्पताल पुगेका थिए ।
लोहनी र राणा आफूलाई एकसाथ भेट्न आएकोमा खुसी व्यक्त गर्दै पारसले ‘आइ एम फाइन नाउ । इट इज गुड टु सी यू टुगेदर’ भन्दै धन्यवाद दिएको राप्रपा प्रजातान्त्रिक स्रोतले जनाएको छ ।
यसअघि मंगलबार नै पारस शाहलाई भेट्न राप्रपा अध्यक्ष कमल थापा पनि नर्भिक अस्पताल पुगेका थिए ।
यसैबीच शाहको स्वास्थ्य सुधारोन्मुख र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण