२८ वर्षे टिभी अभिनेताले गरे आत्महत्या, पिताले मागे न्याय
२८ वर्षे टेलिभिजन अभिनेता राहुल दिक्षितले मुम्बईमा बुधबार बिहान आत्महत्या गरेका छन् । पुलिसले आत्महत्याको मुद्दा दर्ता गरेको र यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । घटनास्थलबाट कुनै सुसाइड नोट भेटिएको पनि छैन । उनले आफ्नो ओशिवारास्थित घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
राहुलका पिता महेश छोराको अचानक निधनको खबर सुनेर स्तब्ध छन् । उनले फेसबुकमा छोराको निधनमा दुःख जताएका छन् । साथै, एक पोष्टमा लेखेका छन्, ‘यो संसारलाई किन छोडेर गयौ, राहुल ।’
नायकका पिता फेसबुकमा छोराको निधनसँग जोडिएका विभिन्न पोष्ट सेयर गरिरहेका छन् । उनले रुपाली कश्यप नामकी महिलालाई छोराको आत्महत्याका लागि जिम्मेवार बताएका छन् ।’
Mumbai: A 28-year-old TV actor named Rahul Dixit allegedly committed suicide early this morning. Police have registered a case of accidental death, further investigation is underway. #Maharashtra
— ANI (@ANI) January 30, 2019
उनले लेखे, ‘छोरा तँलाई के भयो ? तैंले आत्महत्या गर्न सक्दैनस् । तैंले हामीलाई जिउँदैमा मारिस् । रुपाली कश्यपले तँलाई मारेको हो । हामीले न्याय पाऔं ।’
राहुलका पिताले यसलाई आत्महत्या मान्न अस्विकार गरिरहेका छन् । उनले आफ्नो छोराको हत्या भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण