बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि उत्पादनका लागि लघु बिमा स्थापना गरिने

बिहीबार, १७ माघ २०७५, १३ : १४
बिहीबार, १७ माघ २०७५

कठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु बिमा कम्पनी स्थापना गर्ने घोषणा गरेका छन् ।  अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु बिमा कम्पनी खोलेर लघु बिमा कार्यक्रम सञ्चालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गरे ।

उनले सहकारी संस्थाहरुलाई लघु बिमा कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११ औं वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघु विमा कार्यक्रम सञ्चालन गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी बस्तुहरुको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप